दफा १२
नीति निर्माणमा सहभागिताको अधिकार
: (१) अपाङ्गता भएका व्यक्तिलाई असर पार्ने प्रकृतिका महत्वपूर्ण नीति निर्माण प्रक्रियामा अपाङ्गता भएका व्यक्ति स्वयं वा निजसँग सम्बन्धित संघ, संस्था मार्फत सहभागी हुने अधिकार हुनेछ ।
(२) उपदफा (१) बमोजिम नीति निर्माण प्रक्रियामा सहभागी हुँदा अपाङ्गता भएका व्यक्तिले व्यक्त गरेको विचारलाई सान्दर्भिकताको आधारमा उचित स्थान दिइनेछ ।